१० साउन २०८३, आइतबार

पाकिस्तानसँगको युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल पुनः खुला

बैशाख २९, २०८२
काठमाडौं
पाकिस्तानसँगको युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल पुनः खुला

पाकिस्तानसँग भएको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः सञ्चालनमा ल्याएको छ ।

भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब ‘तत्काल प्रभावबाट’ नागरिक सञ्चालनका लागि उपलब्ध छन् ।

भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण लडाइँ शुरू भएपछि गत हप्ता ती विमानस्थल बन्द गरिएका थिए । विमानस्थल बन्द गरिएसँगै दुई मुलुकबीचको लडाइँ पूर्ण युद्धमा विकसित हुनसक्ने विश्वव्यापी चिन्ता सिर्जना गरेको थियो ।

प्रमुख भारतीय एयरलाइन्स इन्डिगोले ‘पहिले बन्द गरिएका मार्गहरूमा क्रमशः सञ्चालन शुरू गर्ने’ बताएको छ ।​

युद्धविरामको घोषणा शनिबार गरिएको थियो, तर दुवै पक्षले तुरुन्तै एक अर्कामाथि यसको उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

यद्यपि भारत र पाकिस्तान दुवैले सोमबार सीमावर्ती क्षेत्रहरू शान्त रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्