२५ जेठ २०८३, सोमबार

पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव भेटियो

बैशाख २९, २०८२
काठमाडौं
पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव भेटियो

गुल्मीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला परेको छ ।

मुसिकोट नगरपालिका- ४ स्थित छल्दी खोलामा डुबेर सोही नगरपालिका- ६ भुवाचिदी बस्ने १७ वर्षीय ग्रिस्म शर्मा बेपत्ता भएका थिए ।

आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको साँझ शव फेला पारेको हो ।

उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्