
पाकिस्तानसँग युद्धविराम भएको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री मोदीले सोमबार राति ८ बजे राष्ट्रलाई सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले 'अपरेशन सिन्दूर' कारबाहीमा १०० भन्दा बढी खतरनाक आतंककारीहरू मारिएको दाबी गरे ।
उनले भने, 'जसले हाम्रा आमा र दिदीबहिनीहरूको सिन्दूर पुछेका थिए। हाम्रो कारबाहीमा १०० भन्दा बढी ती खतरनाक आतंककारीहरू मारिएका छन्।'
प्रधानमन्त्रीले पाकिस्तानको अनुरोधमा भारत द्वन्द्व रोक्न सहमत भएको बताए । उनले भारतले पाकिस्तान विरुद्ध सैन्य कारबाही मात्र स्थगित गरेको बताउँदै उसको मनोवृत्ति हेरेर थप कारबाहीको निर्णय गर्ने बताए ।
प्रधानमन्त्रीले पाकिस्तानबाट आणविक खतरा सहन नसकिने बताए। भारतका तीनै सेना सबै परिस्थितिको सामना गर्न तयार रहेको उनको भनाइ थियो ।