०१ असार २०८३, सोमबार

बोरिङकै कारण भासियो जमिन

बैशाख ३०, २०८२
काठमाडौं
बोरिङकै कारण भासियो जमिन

 बिस वर्षअघि गरिएको इन्जिनियरिङ अध्ययनमै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँलाई खतरापूर्ण भनिए पनि लापरबाही गरेर बोरिङ गरेपछि गाडी भासिएको गोरखापत्रमा खबर छापिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन अनुसार सिङ्क होल (जमिन भासिनु) निर्माण हुनुमा जमिनमुनि रहेको मसिनो माटोलाई पाइपिङका माध्यमबाट निष्कासन हुनु नै मुख्य कारण पाइएको हो ।  

खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले अध्ययन कार्य सम्पन्न गरी प्रतिवेदन तयार गरिएको र अध्ययनले जमिनमुनिको पानी बाहिर निकालिएपछि जमिन भासिएर खाल्डो परेको निष्कर्ष आएको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्