
मोडल कुसुम शर्माले प्रेमी विश्वास अधिकारीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रकाश सपुतको लोकप्रिय गीत ‘सकम्बरी’ मार्फत मोडलिङ क्षेत्रमा उदाएकी कुसुमले मंगलबार चितवनमा आयोजित एक पारिवारिक समारोहमा इन्गेजमेन्ट गरेकी हुन्।
समारोहमा दुबै पक्षका परिवारका सदस्य तथा नजिकका आफन्तहरूको उपस्थिति रहेको थियो। स्रोतका अनुसार उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए र दुबै परिवारको सहमतिमा यो सम्बन्धलाई विवाहतर्फ अघि बढाउने निर्णय गरिएको हो।
निकट भविष्यमै उनीहरूले वैवाहिक जीवन सुरु गर्ने तयारीमा रहेको जनाइएको छ।
कुसुम शर्मा हाल म्युजिक भिडियोहरूमा सक्रिय मोडल हुन् भने उनले फिल्म अभिनयमा समेत पाइला चालिसकेकी छन्।