
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी माध्यमिक विद्यालय, चितवनका १ शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मावि द्वितीय तहमा कार्यरत शिक्षक गोपालप्रसाद शर्माविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शर्माको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली रहेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट प्राप्त गरेको भनिएको प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली देखिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
उक्त नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पाइएकाले उनलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।