
नेपाली सेनाले प्रमुख सुवेदार तथा ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक गरेको छ ।
जङ्गी अड्डामा सञ्चालित दुई दिने केन्द्रीय तहको प्रमुख सुवेदार तथा ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक बुधबार प्रधानसेनापति अशोक राज सिग्देलले समापन गरे ।
पल्टनको संस्कृति, परम्परा र रीतिरिवाजबारे जानकार तथा नेपाली सेनामा अति महत्त्वपूर्ण नियुक्तिको रूपमा रहेका प्रमुख सुवेदार तथा ज्येष्ठ सुवेदारहरूबाट बैठकमा प्रस्तुत गरिएका विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान देखिएका व्यवहारिक पक्ष तथा सुधारका लागि आवश्यक सुझावको सम्बन्धमा छलफल गरिएको थियो ।

मंगलबार बलाध्यक्ष रथी प्रदीप जङ्ग केसीले उद्घाटन गरेको उक्त बैठकको समापन कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी ९० जना प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।