३१ जेठ २०८३, आइतबार

चोरी भएका २२ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

बैशाख ३१, २०८२
काठमाडौं
चोरी भएका २२ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

विभिन्न मितिमा चोरी भएका २२ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा ती सवारी भेटिएका हुन् ।

काठमाडौं उपत्यकाको मुलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँबसपार्क, सोह्रखुट्टे, स्वयम्भू, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी र थिमी लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्