०६ असार २०८३, शनिबार

आवधिक योजनाका आधारमा बजेट ल्याइने

बैशाख ३१, २०८२
कास्की
आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिने भएको छ । प्रदेशको दोस्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर बजेट निर्माण हुने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए । 

“कृषि, पर्यटन, स्वास्थ्यलगायत सामाजिक विकासका क्षेत्रलाई बजेटले प्राथमिकताकासाथ समेट्छ”, उनले भने, “योजना आयोगले  मन्त्रालयहरुलाई सोही अनुसारको सुझावसहित बजेट सिलिङ तोकेको छ ।”

प्रदेश स्रोत अनुमान समितिले आगामी आवका लागि रु. २९ अर्ब ५० करोड बराबरको बजेट बनाउन सरकारलाई सिफारिस गरेको उक्त समितिका संयोजकसमेत रहनुभएका डा देवकोटाले जानकारी दिए । 

प्रदेश सरकारले चालु आवका लागि रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी आवमा झण्डै तीन अर्बले बजेट खुम्चने देखिएको हो । समानीकरण अनुदानमा भएको कटौती र राजस्व कम उठ्दा बजेट घट्ने भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्