११ असार २०८३, बिहीबार

भोट हालेर चिसो छल्न जाजरकोट झरे डोल्पाली

मंसिर १७, २०७४
भोट हालेर चिसो छल्न जाजरकोट झरे डोल्पाली


जाजरकोट, १७ मंसिर - चिसो बढेसँगै मतदान गर्न बसेका माथिल्लो डोल्पाका बासिन्दा अहिले जाजरकोटका विभिन्न गाउँमा पुगेका छन् । 

जाजरकोटमा चिसो कम हुने भएकाले चिसो छल्न घोडा, भेडा र खच्चडसहितका डोल्पाली जाजरकोटका गाउँमा पुगेको सहरताराका गैरी थकालीले बताउनुभयो । 

माथिल्लो डोल्पामा हिमपात शुरु भएर बस्न नसकिने अवस्था भएकाले सहरतारा, गुम्वातारा, तेन्जे, माजफाल, सेलगायतका दर्जन गाउँबाट जाजरकोटका खगेनकोट, तल्लु, मैदे, रिम्ना, राडीलगायतका ठाउँमा आएर बसेको सेका पामे लामाले बताउनुभयो । 

मंसिरदेखि फागुनसम्म जाजरकोटका गाउँमा बस्दा डोल्पाबाट ल्याएका जिम्बु तथा अन्य औषधिजन्य सामग्री बिक्री गर्ने र डोल्पा फर्कदा आवश्यक खाद्यान्न लिएर उहाँले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्