१४ असार २०८३, आइतबार

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना

जेठ १, २०८२
बुटवल
सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना

​​‘तीव्र गति जीवनको क्षति’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले जिल्लाको तिलोत्तमामा वृहत् ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।

सिद्धार्थ राजमार्गको शंकरपुर चोकदेखि मणिग्रामसम्म ट्राफिक सचेतनासम्बन्धी वृहत् र्‍याली तथा सडक दुर्घटना नमूना प्रदर्शन र ट्राफिक नियम सन्देशसहितको नृत्य गरेर बढ्दो सवारी दुर्घटना तथा क्षति न्यूनीकरणका कार्यक्रम गरिएको हो । कार्यक्रममा सचेतनामूलक नाटकसमेत प्रदर्शन प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा  बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सन्देशमूलक यो कार्यक्रम सडक यात्रीका लागि उपयोगी भएको बताए ।

null

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले सवारी दुर्घटनाबाट वार्षिक रूपमा ठूलो धनजनको क्षति हुने गरेको भन्दै न्यूनीकरणका लागि सडक प्रयोगकर्ता र प्रहरीले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रन्जु केसीले सवारी दुर्घटना न्यूनीकरण लागि ट्राफिक प्रहरीले निरन्तर सचेतनामूलक कार्यक्रमहरू गरिरहेको बताइन् ।

सुरक्षित यात्रा नेपालको सहकार्यमा नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन लुम्बिनी प्रदेश प्रहरी कार्यालय, बुटवल र तिलोत्तमा नगरपालिकाको समन्वयमा कार्यक्रम भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्