०५ साउन २०८३, मंगलबार

कुलेखानी–कलंकी–हुमाने सडक आजदेखि १९ दिन बन्द हुने

जेठ २, २०८२
काठमाडौं
कुलेखानी–कलंकी–हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
फाइल तस्वीर

काठमाडौं–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज (शुक्रबार)देखि १९ दिन बन्द हुने भएको छ । मर्मतका लागि सडक बन्द गर्न लागिएको भन्दै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । 

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ । 

प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, 'नेपाल प्रहरी हेटौँडा–काठमाडौं वा काठमाडौं–हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्नु/गराउनु हुनसमेत सम्बन्धित सबैलाई जानकारी गराउँदछ,' सूचनामा भनिएको छ । 

स्थानीय प्रशासन तथा स्थानीय तहबीचको समन्वयमा सवारीसाधन बन्द गरेरै उक्त सडक निर्माण गर्न लागिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्