
सरकारले अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित अन्तरराष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको बिहीबार सम्पन्न पहिलो बैठकले सप्ताहव्यापी कार्यक्रममार्फत दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले पर्वतारोहण, वातावरण संरक्षण, हिमाली संस्कृति प्रवर्द्धन तथा अन्तरराष्ट्रिय पर्यटन प्रवाह अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू तय गरेको छ । कार्यक्रममा हिमाली पदयात्रा, सांस्कृतिक प्रदर्शनी, सरसफाइ अभियान, अन्तरक्रिया गोष्ठी, फोटो प्रदर्शनी तथा विद्यार्थी लक्षित सचेतनामूलक गतिविधि समावेश गरिने छ ।