१० साउन २०८३, आइतबार

संघीय निजामती विधेयकमा सहमतिः १३औं तहको अतिरिक्त सचिव रहने, मुख्यसचिवको वरीयता १५औं

जेठ २, २०८२
काठमाडौं
संघीय निजामती विधेयकमा सहमतिः १३औं तहको अतिरिक्त सचिव रहने, मुख्यसचिवको वरीयता १५औं

निजामती सेवामा अतिरिक्त सचिव राख्ने प्रावधानसहित संघीय निजामती विधेयक संसदीय समितिबाट पारित भएको छ । शुक्रवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकलाई टुंगो लगाएको हो ।

समिति सचिव सुरजकुमार दुराले अतिरिक्त सचिव राख्ने विषयमा सहमति जुटेको लोकान्तरलाई जानकारी दिए । अधिकृत १३औं, १४औं र १५औं तहलाई राजपत्रांकित विशिष्ट श्रेणी भनिएको छ । 

नयाँ व्यवस्थाअनुसार अब मुख्य सचिवको वरीयता अधिकृत १५औं तह हुनेछ । सहसचिवभन्दा माथि १३औं तहमा अतिरिक्त सचिव र १४औं तहमा सचिवको वरीयता कायम गरिएको छ ।

अतिरिक्त सचिव राख्ने नराख्ने विषयमा संसदीय समितिमा लामो बहस भएको थियो । विधेयकको नयाँ प्रावधानमा कर्मचारी अवकाशको उमेरहद ६० वर्ष पुर्‍याइएको छ । 

यसअघि अवकाशको उमेर ५८ वर्ष रहेकोमा अब ६० वर्षमा मात्र कर्मचारीले अवकाश पाउने छन् । 

प्रतिवेदनमा सबै सदस्यको हस्ताक्षरपछि अब बस्ने प्रतिनिधि सभा बैठकमा सभापति रामहरि खतिवडाले प्रतिवेदन पेश गर्नेछन् । 

निजामती विधेयकमा कर्मचारीलाई आन्तरिक पर्यटनका लागि विदा दिने प्रस्ताव समेत गरिएको समिति सचिव दुराले जानकारी दिए । 


 

salt training

कमेन्ट गर्नुहोस्