
नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान शुरू गरेको छ ।
यसअघि तराई-मधेश केन्द्रित अभियान गरेको माओवादीले शुक्रबारदेखि ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुरू गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपहाडी लोकमार्गको अभियानप्रति ऐक्यबद्धता जनाउँदै बैतडीको पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियानको शुरूआत गरेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टी र नेपालको झण्डा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरीलाई हस्तान्तरण गरी अभियानको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले पाटनमा आयोजना गरेको सभालाई प्रचण्डले सम्बोधन गरेका छन् ।