३१ जेठ २०८३, आइतबार

काठमाडौंमा कारको ठक्करबाट घाइते बालकको मृत्यु

जेठ २, २०८२
काठमाडौं
काठमाडौंमा कारको ठक्करबाट घाइते बालकको मृत्यु

काठमाडौं महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका एक बालकको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको सितामढी घर भई हाल काठमाडौं–३१ कात्यानी चोक बस्ने तीन वर्षीय बालक शिवाङ्श झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

‘कात्यानीबाट भिमसेनगोलातर्फ जाँदै गरेको कात्यानी बस्ने ५५ वर्षीय रमेशकुमार श्रेष्ठले चलाएको बाप्र ०१–०३१ च ९५६३ नम्बरको सुजुकी डिम्याक्स गाडीले ठक्कर दिँदा केएमसी अस्पताल सिनामङ्गल लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको हो’, एसपी बोहराले भने । 

सवारी चालक श्रेष्ठ, सवारी साधन र कागजपत्र प्रहरी बृत्त वानेश्वरको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको एसपी बोहराले बताए । 

salt training

कमेन्ट गर्नुहोस्