
तीव्र गतिमा चलेको हावाहुरीले आँपको रूखको हाँगा भाँचिएर लाग्दा कपिलवस्तु नगरपालिका-८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको मृत्यु भएको छ ।
केवट लुम्बिनी–तौलिहवा सडकखण्ड अन्तर्गत मैनिहवामा पर्ने बगैँचामा आँप टिप्न पुगेकी थिइन् । आँप टिप्दै गर्दा शुक्रबार दिउँसो पानीसँगै हावाहुरी चल्दा हाँगाले लागेर घाइते भएकी केवटको जिल्ला अस्पताल तौलिहवा लगिएको थियो ।
अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी मोहनमणि अधिकारीले जानकारी दिए । शुक्रबार दिउँसो तराई क्षेत्रमा ठूलो हावाहुरीसहित पानी परेको छ ।