१७ असार २०८३, बुधबार
तराईंमा हावाहुरीसहित वर्षा

प्रतीक्षालयमा ओत लागेका दुई जनाको रुखले च्यापिएर मृत्यु, तीन जना गम्भीर घाइते

जेठ २, २०८२
बुटवल
प्रतीक्षालयमा ओत लागेका दुई जनाको रुखले च्यापिएर मृत्यु, तीन जना गम्भीर घाइते

पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । 

हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा–७ चारपालामा रहेको प्रतीक्षालयमा ओत लागिरहेका उनीहरूलाई रूख ढलेर च्यापेको हो । 

सुनवल–७ कि ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीया दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । 

घटनामा सोही स्थानका ४० वर्षीया नरमति परियार, ५१ वर्षीया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । उनीहरूको रुपन्देहीको देवदह मेडिकल कलेज उपचार भइरहेको छ । 

रूख प्रतीक्षालयमाथि ढलेपछि प्रतीक्षालय नै भत्किएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्