२४ जेठ २०८३, आइतबार

निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत खुल्ला सीमाना सोमबारबाट बन्द

मंसिर १७, २०७४
निर्वाचनलाई मध्यनजर गर्दै  नेपाल–भारत खुल्ला सीमाना सोमबारबाट बन्द

भद्रपुर, १७ मंसिर –आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि झापा जिल्लामा सुरक्षाका निम्ति सबै तयारी भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मतदान केन्द्रदेखि लिएर खुल्ला सीमानासम्मको भरपर्दो सुरक्षा व्यवस्था कडा पारिएकोले मतदाताले निर्भिक्क भएर मतदान केन्द्रमा गएर मतदान गर्न प्रहरी उपरीक्षक विष्णुकुमार केसीले आग्रह गनुभएको छ । 

उहाँले सुरक्षालाई मध्यनजर गरेर नेपाल–भारत आउन र जान भोलि राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि बन्द हुने जानकारी दिँदै निर्वाचनलाई बिथोल्न खोज्ने समूहका २१ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान पनि भइरहेको जानकारी दिनुभयो । 

निर्वाचनमा शान्ति सुरक्षालाई बलियो बनाउन पहिलो पंक्तिमा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना रहने छन् । 

यसैगरी, निर्वाचनमा खटिने कर्मचारी आजबाट आ–आफ्ना मतदान केन्द्र जान शुरु गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सम्भवतः भोलि बेलुकासम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने र १९ र २० गते मतदाता परिचयपत्र पनि वितरण भइसक्ने जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो । 

एक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत आठ जना कर्मचारीले मतपेटिका, मतपत्र र निर्वाचनमा आवश्यकपर्ने सबै सामग्री बुझिलिने काम शुरु भइसकेको अधिकारी आचार्यले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्