१८ असार २०८३, बिहीबार

सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन : साउद

जेठ २, २०८२
काठमाडौं
सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन : साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस महोत्तरीले आज सदरमुकाम जलेश्वरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउदले वर्तमान सरकार दुईतिहाइको मजबुत  भए पनि जनताले सोचेअनुसार काम गर्न नसकेको बताए । 

नेता साउदले देशमा जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसद्मार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु नै संविधानको मर्मअनुरुप हुने उल्लेख गरे । 

उनले पार्टीभित्रको सङ्गठन सुदृढीकरण, युवा सहभागिता र सामाजिक न्यायमा आधारित समाजवादतर्फ कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्