२२ जेठ २०८३, शुक्रबार

मुसलमानविरोधी ट्वीट गरेपनि ट्विटरले ट्रम्पको समर्थन गरिररहने

मंसिर १७, २०७४
मुसलमानविरोधी ट्वीट गरेपनि ट्विटरले ट्रम्पको समर्थन गरिररहने

काठमाडौं, १७ मंसिर — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई ट्विटरले फेरि समर्थन गरेको छ । केही दिनअघि ट्रम्पले मुसलमानविरोधी ग्राफिक भिडियो रिट्वीट गरेका थिए र उनको उक्त रिट्वीट ट्विटरले नहटाएकोमा विरोध भएको थियो । 

ट्रम्पले बेलायतका उग्रदक्षिणपन्थी नेता जेडा फ्रेजरले गरेको भिडियोको लिंक रिट्वीट गरेका थिए । भिडियोमा मुसलमानहरूको हिंस्रक क्रियाकलाप देखाइएको थियो । 

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले यसप्रकारका ‘घृणित’ कुरालाई प्रोत्साहन गरेकोमा ट्रम्प ‘गलत’ भएको बयान दिएकी थिइन् । 

ट्रम्पले यसको जवाफ दिँदै भने, ‘टेरिजा मेले ममाथि हैन, आतंकवादमाथि ध्यान दिनुपर्छ र हामी सबै ठीक गरिरहेका छौं ।’

विरोध भएपछि ट्विटरले ट्वीट ग–यो, ‘हाम्रो वर्तमान मिडिया नीतिकै आधारमा यस भिडियोलाई ट्विटरमा अनुमति दिइएको हो ।’

यसअघि उत्तर कोरियाका विषयमा ट्रम्पको उत्तेजक ट्वीटलाई पनि ट्विटरले हटाएको थिएन । 

कम्पनीको नियम उल्लंघन गर्ने ट्वीटलाई नहटाएको भन्दै मानिसहरूले ट्विटरको आलोचना गरेका थिए । 

ट्विटरले सार्वजनिक रूपमा आफ्नो दिशानिर्देशलाई ट्रम्पले उल्लंघन गरेको बताएको छैन । ट्विटरका सीईओ ज्याक डोर्सीले राष्ट्रपतिका ट्वीटहरू समाचार बन्न योग्य कुरा भएकाले हटाउन नमिल्ने जिकिर गरेका छन् ।

ट्रम्पका आलोचकहरू चाहिँ उनका ट्वीटले हिंसा भड्काउन सक्ने भएकाले तिनमा प्रतिबन्ध लगाउनुपर्ने माग गर्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्