
तनहुँस्थित डिभिजन वन कार्यालयले चितुवाको आक्रमणमा परी मृत्यु भएका १४ परिवारलाई क्षतिपूर्तिस्वरुप रु एक करोड ४० लाख प्रदान गरेको छ ।
जिल्लाको विभिन्न स्थानमा भएका चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ बालबालिकामध्ये १४ जनाका परिवारलाई जनही रु १० लाखका दरले उक्त रकम हस्तान्तरण गरिएको हो ।
मृत्यु भएका दुई जनाका परिवारलाई रु २० लाख भुक्तानी दिन बाँकी रहेको डिभिजन वन कार्यालयका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।