२८ जेठ २०८३, बिहीबार

माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग

जेठ ३, २०८२
काठमाडौं
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग

किशोर किशोरीलाई सही मार्ग अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा जोड दिइएको छ ।

बियोन्ड बेजिङ समितिले शुक्रबार आयोजना गरेको ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा. लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि लाजका कारण विद्यार्थीले नबढ्ने र शिक्षकले पढाउन नसक्ने वातावरणले समस्या भइरहेको बताइन् । 

कक्षा ९ र १० मा भने स्वास्थ्य शिक्षासम्बन्धी विषय ऐच्छिक वर्गमा समेटिएकाले सबैले पढ्न पाउने वातावरण नरहेको उनले जानकारी दिइन् ।

माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्नेमा अभियानकर्मी तामाङको जोड रहेको थियो । 

किशोर किशोरीलाई यौन शिक्षा दिएर सचेत बनाउन सके यौन रोगलगायत विकृतिमा नफस्ने भएकाले यस्ता विषयलाई सञ्चारमाध्यमले जागरण अभियान चलाउनुपर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्