२७ जेठ २०८३, बुधबार

जागरण अभियानमा प्रचण्डको दाबी- माओवादी ​जनबलमा सत्तामा पुगेको हो

जेठ ३, २०८२
काठमाडौं
जागरण अभियानमा प्रचण्डको दाबी- माओवादी ​जनबलमा सत्तामा पुगेको हो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् ।

शुक्रबारदेखि शुरू भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्‍याएको बताए ।

उनले भने, 'हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्ति सम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका हुन् ।'

अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरूका पीर मर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्