२९ जेठ २०८३, शुक्रबार

कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा

जेठ ३, २०८२
काठमाडौं
कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा

सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी छ । 

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । 

बैठकमा सांसद समेत रहेका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा अनुपस्थित छन् ।

थापा शनिबार नै नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ स्याङ्जाको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न स्याङ्जा पुगेका छन् । 

अर्का महामन्त्री शर्मा भने सगरमाथा आरोहणका लागि केही दिन पहिलेदेखि बेसक्याम्पमा तालिम लिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्