१६ असार २०८३, मंगलबार

अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

जेठ ३, २०८२
जनकपुरधाम
अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२  उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ ।

कार्यालयका अनुसार आफूखुसी ढक तथा तराजु र (डिजिटल) नापतौल मेसिनको प्रयोग गर्नेहरूलाई जरिवानासहित कानूनी दायरमा ल्याइएको हो । 

कार्यालयका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म गरिएको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनिल यादवले जानकारी दिए ।

कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा  रामेछापमा अनुगमन गरेको थियो । सो अवधिमा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो ।

कार्यालयले सो अवधिमा एकल अनुगमन २९ पटक,  व्यावसायिक फर्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक, व्यावसायिक फर्मको अनुगमन ४९९ पटक गरेको थियो । जसमा कार्यालयले विभिन्न शीर्षकमा  रु ४१ लाख १२ हजार ८४० सङ्कलन गरेको छ । 

कार्यालयले गत आवको सोही अवधिमा र  विभिन्न शीषर्कबाट रु तीस लाख ६३ हजार २४४ राजस्व सङ्कलन गरेको थियो । गत आवमा कार्यालयले एक हजार ९७५ कम्पनी अनुगमन गरी एक हजार ३९० कम्पनीलाई कारबाही गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्