२३ जेठ २०८३, शनिबार

उत्तर कोरियामाथि आक्रमण भएमा जापान र दक्षिण कोरिया ध्वस्त हुन्छन् : रुस

मंसिर १७, २०७४
उत्तर कोरियामाथि आक्रमण भएमा जापान र दक्षिण कोरिया ध्वस्त हुन्छन् : रुस

काठमाडौं, १७ मंसिर — कोरियाली प्रायद्वीपमा युद्ध भड्किएमा जापान र दक्षिण कोरिया पहिलो शिकार हुने रुसका विदेशमन्त्री सर्गे लाभ्रोभले चेतावनी दिएका छन् । 

‘हामीहरू प्योङयाङको आणविक हतियार कार्यक्रमको निन्दा गर्छौं तर अमेरिकीहरूले स्थिति भड्काउन खोजेकोलाई पनि भर्त्सना गर्छौं,’ उनले बेलारुसको टीभीमा अन्तर्वार्ता दिँदै भने । 

‘दुर्भाग्यवश अमेरिकाले जापानी र दक्षिण कोरियालीहरूलाई आफ्नै दिशातर्फ भड्काउन खोज्दैछन् र युद्ध भइहाल्यो भने ती दुई देश नै पहिलो शिकार बन्न पुग्छन्,’ उनले थपे । 

अघिल्लो हप्ता उत्तर कोरियाले अमेरिकासम्म पुग्न सक्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले परीक्षणमाथि प्रतिक्रिया दिँदै प्योङयाङविरुद्ध थप प्रतिबन्ध लगाइनुपर्ने र ‘युद्ध भएमा  उत्तर कोरियाका शासकहरू पूरै ध्वस्त हुने’ बताएकी थिइन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्