२८ जेठ २०८३, बिहीबार

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

जेठ ३, २०८२
झापा
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।

दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको शनिबार बिहान ९:५५ बजे आफ्नै निवासमा निधन भएको हो । उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए ।

२०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा (एमाले)बाट नगर प्रमुखमा निर्वाचित भएका थिए । 

पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छन् । उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत् दमकको समृद्धिमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्