०१ असार २०८३, सोमबार

टुँडिखेलमा साकेलाको रौनक [फोटोफिचर]

जेठ ३, २०८२
काठमाडौं
टुँडिखेलमा साकेलाको रौनक [फोटोफिचर]

किराँत राईहरूले काठमाडौंको टुँडिखेलमा साकेला नाचेर उभौली मनाएका छन् । 

यही साता बुद्ध पूर्णिमाको दिन परेको उभौलीको साकेला नाच शनिबार नाचिएको हो ।

किराँतहरूका देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव)को उत्पत्तिसँगै यो चाड मानिँदै आएको विश्वास छ । 

बाली लगाउने समयमा प्रशस्त वर्षा होस्, दैवी प्रकोप नपरोस्, आफ्नो समुदायमा रोगब्याधी नलागोस्, सुखशान्ति छाओस् भनेर उभौली मनाइन्छ ।

यसैगरी, साकेला आफ्ना पितृप्रति श्रद्धाञ्जली व्यक्त गर्न एवं उनीहरूको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान र सम्झनाका लागि नाचिन्छ ।

साकेलामा ढोल, झ्याम्टा बजाएर सृष्टिका गीत गाउने चलन छ । यसैगरी, कोदोको चोखो जाँड, नयाँ अदुवा, धान र कुखुराको रातो भाले काटेर प्रकृतिलाई भोग दिने चलन रहेको छ ।

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्