१७ असार २०८३, बुधबार

स्रोत नखुलेको भारतीय रुपैयाँसहित १ जना पक्राउ

जेठ ३, २०८२
कपिलवस्तु
स्रोत नखुलेको भारतीय रुपैयाँसहित १ जना पक्राउ

स्रोत नखुलेको रकमसहित कपिलवस्तुबाट १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना उसकाबजार ग्राम उस्काराजा बस्ने ७८ वर्षीय ओम प्रकाश रहेका छन् । उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिका- १ मस्जिद टोलबाट पक्राउ परेका उनको साथबाट स्रोत नखुलेको १ लाख ९६ हजार १ सय २० भारतीय रुपैयाँ र चाँदी जस्तो देखिने धातु ५ सय ६२ ग्राम बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्