२३ असार २०८३, मंगलबार

इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

जेठ ३, २०८२
काठमाडौं
इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई अल्लाहको निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुश्लिम धर्म र यसका पवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

सर्वोच्च अदालतले त्यो फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आउनुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्