
भारत-पाकिस्तान द्वन्द्वका कारण एक हप्ता रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेल वर्षाका कारण प्रभाित भएको छ।
यो खेल शनिबार अर्थात् आज साँझ ७:३० बजे बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा खेलिने तय भएको थियो। तर बेंगलुरुमा वर्षाका कारण टस ढिलो भयो।
यो आईपीएल खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच खेलिनेछ।
अंक तालिकाको कुरा गर्दा गुजरात टाइटन्स टोली १६ अंकका साथ शीर्ष स्थानमा छ। जबकि आरसीबी दोस्रो स्थानमा छ। आरसीबीको पनि १६ अंक छ।