
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठन गरिएको उपसमितिले विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन आज समितिमा बुझाउने तयारी गरेको छ। समितिको बैठक आज दिउँसो ३:३० बजे बस्ने कार्यक्रम छ, जसमा उपसमितिले प्रतिवेदन पेस गर्नेछ।
उक्त उपसमिति छविलाल विश्वकर्माको संयोजकत्वमा गठन गरिएको हो। उपसमितिले विधेयकमा समेटिएका विभिन्न धाराहरूमा दफावार छलफल गरी प्रारम्भिक सहमतिका आधारमा प्रतिवेदन तयार पारेको हो। प्रतिवेदन तयारीका लागि समितिले उपसमितिलाई थप १० दिनको समय प्रदान गरेको थियो।
समितामा छलफलपछि विधेयक प्रतिनिधिसभामा पेश गरिनेछ। सो विधेयक आगामी असार १५ गतेभित्र पारित गर्नेगरी यसअघि नै सहमति भइसकेको छ।