२९ जेठ २०८३, शुक्रबार

न्यूयोर्कको ब्रुकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्कियो

जेठ ४, २०८२
काठमाडौं
न्यूयोर्कको ब्रुकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्कियो

अमेरिका भ्रमणको सिलसिलामा न्यूयोर्क सिटी पुगेको मेक्सिकन नौसेना प्रशिक्षण जहाज (क्वाउतेमोक) ब्रुकलिन ब्रिजमा ठोक्किएको छ । घटनामा कम्तीमा १९ जना घाइते भएका छन्, जसमा चार जनाको अवस्था गम्भीर छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा पालसहितको अग्लो म्यास्ट (मस्तूल) ब्रिजको तल्लो भागमा ठोक्किँदै टुक्रिएको देखिन्छ। केही टुक्रा जहाजको डेकमा खसेको देखिन्छ। जहाजमा २७७ जना सवार रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

घटनापछि न्यूयोर्क सिटीको आपतकालीन व्यवस्थापन निकायले घटनाबारे पुष्टि गर्दै विवरण संकलन भइरहेको जनाएको छ। मेक्सिकन नौसेनाले जहाजमा क्षति पुगेको पुष्टि गरेको छ र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

ठोक्किएको समयमा ब्रिज केहीबेरका लागि बन्द गरिए पनि पुनः यातायातका लागि खोलिएको थियो। न्यूयोर्कको अग्निनियन्त्र विभागका अनुसार घाइतेहरूको उद्धार तथा उपचार कार्य भइरहेको छ। 

न्यूयोर्कका मेयर एरिक एडाम्स घटनास्थलमै पुगेका छन्। उनले चार जनालाई गम्भीर चोट लागेको पुष्टि गरेका छन्।

मेक्सिकन नौसेनाले एक्समा लेखेको छ, ‘न्यूयोर्कबाट बिदाइको क्रममा क्वाउतेमोक ब्रुकलिन ब्रिजसँग ठोक्किँदा प्रशिक्षण जहाजमा क्षति पुगेको छ। घटनाका कारण प्रशिक्षण भ्रमण हाललाई रोकिएको छ।’

salt training

कमेन्ट गर्नुहोस्