०९ साउन २०८३, शनिबार

साढे दुई दशकपछि नक्साल हिटीमा पानी [फोटोफिचर]

जेठ ४, २०८२
काठमाडौं
साढे दुई दशकपछि नक्साल हिटीमा पानी [फोटोफिचर]

काठमाडौंको नक्सालस्थित ढुंगे धारा (हिटी)मा साढे दुई दशकपछि पानीको प्रवाह फर्किएको छ। अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ।

हाल उक्त हिटीमा निरन्तर रूपमा पानी प्रवाह भइरहेको छ । काठमाडौं महानगरपालिकाको सम्पदा विभागमार्फत् यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको महानगरले जनाएको छ ।

उक्त हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको स्थानीयले बताएका छन् । साथै, पुरातत्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको छ ।

उक्त हिटीको निकास नारायणहिटी संग्रहालयभित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ। करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो। त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्