३० जेठ २०८३, शनिबार

व्यवसायी गौचन हत्याका योजनाकार समिरमान पक्राउ

मंसिर १७, २०७४
व्यवसायी गौचन हत्याका योजनाकार समिरमान पक्राउ

काठमाडौं, १७ मंसिर- निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेत पक्राउ परेका छन् । भारतको बैंलोरबाट केन्द्रीय अनुसन्धान ब्यूरोले बस्नेतलाई पक्राउ गरेको हो ।  पक्राउमा परेका बस्नेतलाई प्रहरीले आईबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।   


गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए । प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ । यसअघि पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, नागार्जुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्