
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम भोलि सोमबार ल्याउने भएको छ ।
कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो।
कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानूनमन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेशसभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेशसभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।