०४ साउन २०८३, सोमबार

बालेनले दिएको जिम्मेवारी ३ वडा अध्यक्षले गरे अस्वीकार

जेठ ४, २०८२
काठमाडौं
बालेनले दिएको जिम्मेवारी ३ वडा अध्यक्षले गरे अस्वीकार
फाइल फोटो

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले दिएका संयोजक जिम्मेवारी तीन जना वडा अध्यक्षहरूले अस्वीकार गरेका छन् ।

कार्यपालिका सदस्यसमेत रहेका ती वडा अध्यक्षहरूले संयुक्त रूपमा एउटा पत्र लेख्दै आफूलाई दिइएको 'समितिको संयोजक' पद स्वीकार नगर्ने जानकारी दिएका हुन् ।

तीनै वडा अध्यक्षलाई २०७४ सालको कार्यसम्पादन नियमावलीको नियम १५ (१) अनुसार तीन वटा विषयगत समितिका संयोजकको जिम्मेवारी पत्रमार्फत प्रदान गरिएको थियो । 

पछिल्लो समय महानगरका मेयर बालेन्द्र साहसँग टसलमा रहेका दल बहादुर कार्की, वीरेन्द्र प्रजापति र  विनोद राजभण्डारीले जिम्मेवारी अस्विकार गरेका हुन् ।  

उनीहरूलाई क्रमशः सुशासन समिति, सूचना प्रविधि समिति र सम्पदा तथा पर्यटन समितिको संयोजक बनाइएको थियो । 

उनीहरूले संयोजक जिम्मेवारी कार्यपालिका बैठकबाट अनुमोदन नभएकाले उक्त पदमा बस्नु उपयुक्त नदेखिएको जनाएका छन् । 

‘तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा विद्यमान भएकाले, उपयुक्त नदेखिने हुँदा तत् तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा जानकारी गराउन चाहन्छौं,’ तीनै वडाध्यक्षले मेयर बालेन्द्र साहलाई लेखेको संयुक्त रूपमा लेखेको पत्रमा उल्लेख छ ।

जिम्मेवारी अस्वीकार गरेका वडा अध्यक्ष राजभण्डारीले लोकान्तरसँग भने, 'यसअघि बनाइएको समिति र तोकिएको जिम्मेवारी नगर कार्यसमितिको बैठकबाट अनुमोदन हुने गर्थ्यो । तर अहिले त्यसो भएन । कार्यसमितिबाट अनुमोदन नै नगरिएपछि जिम्मेवारी लिनु उपयुक्त लागेन ।'​

हेर्नुहोस् पत्र:

null

salt training

कमेन्ट गर्नुहोस्