१२ असार २०८३, शुक्रबार

लुम्बिनीको नीति तथा कार्यक्रम आज

जेठ ५, २०८२
बुटवल
लुम्बिनीको नीति तथा कार्यक्रम आज

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदै छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेश प्रमुख घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ ।

प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो । 

यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ । 

सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनालाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ती योजनालाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन वृद्धि गर्ने, अर्गानिक खेती प्रणालीको विकास गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्