
काठमाडौं ६ माघ–पहिचान बिरोधी गठबन्धनमा सहभागि भइ पार्टीको सिद्धान्त विपरित काम गरेको भन्दै नेपाः राष्ट्रिय पार्टीले संसदमा प्रतिनिधित्व गर्ने एकमात्र सांसद लक्ष्मण राजवंशीलाई पार्टीको सदस्य र सांसद पदबाट हटाएको छ ।
नेपा पार्टीको केन्द्रीय समिति बैठकले सांसद राजवंशीका क्रियाकलाप पार्टी हित विपरित रहेको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेको सो पार्टीका महासचिव डा विजय सैंजूले जानकारी दिए ।
सांसद राजवंशीले छुट्टै पार्टी दर्ताका लागि संसद सचिवलयमा निवेदन दिएका छन् । नेकपा एमाले लयागतको विपक्षी गठबन्धनमा सहभागि सांसद राजवंशीले भावी पुस्ताले ‘थुक्क बुँढा’ भन्ने दिन नआओस भन्नका लागि ‘देश विखण्डन’ गर्ने प्रस्तावको समर्थन नगर्ने बताएका थिए ।