
काठमाडौं, १७ मंसिर – गायक मिग्मा शेर्पा, सबु थापा र मेलिना राईको स्वर रहेको गीत ‘खासै त राम्री’ गीत सार्वजनिक भएको छ ।
मिग्मा शेर्पाको शब्द र संगीतसमेत रहेको गीतमा अभिनेत्री वर्षा राउत फिचरिङमा छिन् । गीतको भिडियोमा वर्षालाई मिग्मा शेर्पा र सबु थापाले साथ दिएका छन् ।
ज्ञानेन्द्र शर्माले छायांकन गरेको गीतको भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् ।