१० साउन २०८३, आइतबार

च्याम्पियन बार्सिलोना भिल्लारियलसँग पराजित

जेठ ५, २०८२
काठमाडौं
च्याम्पियन बार्सिलोना भिल्लारियलसँग पराजित

स्पेनिस लिग ला लिगा च्याम्पियन बनेपछि आफ्नो पहिलो खेलमा बार्सिलोना भिल्लारियालसँग पराजित भएको छ । यसअघि नै ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोना घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा भिल्लारियालसँग ३-२ ले पराजित भएको हो । उपाधि जितपछि केही थकित देखिएको बार्साको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्यो । 

खेलको चौथो मिनेटमै अयोजे पेरेजले गोल गर्दै भिल्लारियाललाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा युवा स्टार लामिन यमालले बराबरी गोल फर्काए ।

पहिलो हाफको अतिरित समयमा बारमा लागेर फर्किएको यमालको प्रहारमा फर्मिन लोपेजले रिबाउन्डमा गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमै सान्ती कोमेसानाले खेल बराबरीमा ल्याए । त्यसपछि जेरार्ड मोरेनोको उत्कृष्ट क्रसमा ताजोन बुकाननले ८०औं मिनेटमा निर्णायक गोल गर्दै भिल्लारियाललाई जित दिलाए ।

जितसँगै भिल्लारियलले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । भिल्लारियालको जितले उसलाई २०२२ पछि पहिलोपटक च्याम्पियन्स लिगमा पुनरागमन गराएको हो । अब बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओसँगै पाँचौं स्पेनिस टोलीको रूपमा भिल्लारियालले अर्को सिजन युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिता खेल्नेछ।

बार्सिलोना, रियल, एट्लेटिको र एथ्लेटिक बिल्बाओ साउदी अरेबियामा हुने अर्को वर्षको स्पेनिस सुपर कप पनि खेल्नेछन् । 

अर्को खेलमा रियाल मड्रिडले सेभियाविरुद्ध २-० को जित निकाल्यो । रियालका लागि किलियन एम्बाप्पे र जुड बेलिङ्घमले अन्तिम समयमा गोल गर्दै जित सुनिश्चित गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्