१९ असार २०८३, शुक्रबार

यसरी बनाउनुस् चाउचाउको स्यान्डविच

मंसिर १७, २०७४
यसरी बनाउनुस् चाउचाउको स्यान्डविच

 तपाईंलाई चाउचाउ मन पर्छ तर सधैं एउटै तरिकाले बनेको चाउचाउ खाएर बोर हुनुभएको छ भने घरमै चाउचाउ स्यान्डविच बनाउन सक्नुहुन्छ । यो बनाउन सजिलो छ र खानमा पनि स्वादिलो छ । 

सामग्री
तेल दुई ठूला चम्चा
जीरा एक ठूलो चम्चा
प्याज ६० ग्राम
बेसार आधी चम्चा
मरिचको धूलो अलिकति
भेडेखुर्सानी ६० ग्राम
गाजर ६० ग्राम 
पानी ३५० मिलिलिटर
चाउचाउ मसला दुई चम्चा
चाउचाउ दुई प्याकेट
नून आधी चम्चा
ब्रेड स्लाइस आवश्यकताअनुसार
केचअप स्वादअनुसार
कोरिएको पनीर स्वादानुअसार
तेल

विधि
एउटा प्यानमा तेल तताउनुस् । त्यसमा जीरा हालेर मज्जाले भुट्नुस् । 

त्यसपछि त्यसमा ६० ग्राम प्याज हालेर भुट्नुस् । अब त्यसमा बेसार र मरिचको धूलो पनि हाल्नुस् । 

अनि भेडेखुर्सानी र गाजर हालेर मिसाउनुस् । त्यसलाई तीन मिनेटसम्म पकाउनुस् । 

त्यस मिश्रणमा पानी, चाउचाउ मसला हालेपछि चाउचाउ हालेर उमाल्नुस् । पानी नसुकुन्जेल आगोमा राख्नुस् । 

त्यसमा नून हाल्नुस् । 

एउटा ब्रेड स्लाइस लिनुस् र त्यसमा अलिकति केचअप लगउनुस् । त्यसमा चाउचाउ हालेर मज्जाले फैलाउनुस् । 

अब त्यसमा पनीर हालेर अर्को ब्रेड स्लाइसले छोप्नुस् । 

अब यो स्यान्डविचलाई ग्रिलरमा राखेर ब्रशको सहायताले तेल लगाउनुस । 

अब यसलाई सुनौलो खैरो नहुन्जेल टोस्ट गर्नुस् । ग्रिलरबाट निकालेर आधी काट्नुस् । 

तपाईंको चाउचाउ स्यान्डविच तयार भयो । अब पस्किनुस् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्