२४ असार २०८३, बुधबार

असई शेर्पाद्वारा सगरमाथाको सफल आरोहण

जेठ ५, २०८२
काठमाडौं
असई शेर्पाद्वारा सगरमाथाको सफल आरोहण

नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । 

आज बिहान ८ बजेर ५६ मिनेटमा शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् । 

प्रहरी केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार महिला हिंसाविरुद्ध एक जुट हुने लक्ष्यसहित शेर्पाले सगरमाथा चढेकी थिइन् । 

शेर्पा फर्किएपछि उनलाई प्रहरी महानिरीक्षक दीपक थापाले सम्मान गर्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्