१४ असार २०८३, आइतबार

मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ- प्रचण्ड

जेठ ५, २०८२
काठमाडौं
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ- प्रचण्ड
फाइल तस्वीर ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको बताएका छन् । 

सोमबार  दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गर्दै उनले अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानका क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पारे । 

‘यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ’, प्रचण्डले भने । 

त्यसक्रममा उनले देशका ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘६’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गरेका हुन् । 

अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुन् । त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेवापत सम्मान गरिएको छ । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।     

salt training

कमेन्ट गर्नुहोस्