
बाराको सिम्रौनगढमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
सिम्रौनगढ- ६ बस्ने कलैया उपमहानगरपालिका- ८ बरेवा घर भएकी ३० वर्षीया जसोधा देवीको करेन्ट लागेर मृत्यु भएको हो ।
आइतबार दिउँसो विद्युतीय मोटर जडान भएको पानी तान्ने कलबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सिम्रौनगढस्थित धर्मलाल पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।