१८ असार २०८३, बिहीबार

कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो

जेठ ५, २०८२
म्याग्दी
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला परेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको हो ।​

घुमाउनेतालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए ।

गोताखोर टोलीले करिब १५ फिट गहिराइबाट मल्लको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिए ।

बेपत्ता किशोर खोज्नका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट आएको प्रहरी निरीक्षकको नेतृत्वमा चार जना गोताखोर र पाँच जना विपद् व्यवस्थापन तालिम प्राप्त १९ जनाको टोली परिचालन भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्