
इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा निरन्तर हवाई हमला गरिरहेको छ । हमलामा बिहानदेखि अहिलेसम्म कम्तीमा ४६ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।
यीमध्ये धेरैजसो खान युनिस क्षेत्रका बासिन्दा रहेका गाजाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
इजरायी सेनाले गाजाको खान युनिसबाट खाली गर्न चेतावनी दिएको छ । इजरायली हवाई सेनाले उक्त क्षेत्रमा एक घण्टाभित्र कम्तीमा ३० पटक हवाई आक्रमण गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले गाजामा सीमित मात्रामा राहत सामग्री प्रवेश गर्न दिने भनिए पनि ती सामग्री कहिले प्रवेश गर्छन् भन्ने अझै स्पष्ट नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म कम्तीमा ५३ हजार ३३९ प्यालेस्टिनी नागरिक मारिएका छन् भन् १ लाख २१ हजार ३४ जना घाइते भएका छन् ।
गाजाको सरकारी सञ्चार कार्यालयले मृतकको संख्या ६१ हजार ७०० नाघेको जानकारी दिएको छ, जसमा भग्नावशेषमुनि हराइरहेका हजारौंलाई पनि मृतकको सूचीमा मानिएको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गराएको आक्रमणमा करिब १ हजार १३९ जना इजरायलीको ज्यान गएको थियो भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।