२८ जेठ २०८३, बिहीबार

चुनाव त जित्छु जित्छु, अबको प्रधानमन्त्री पनि मै हुँ : शशांक कोइराला (भिडियो अन्तर्वार्ता)

वाम गठबन्धनका उम्मेदवार भन्छन्- शशांक बूढो हुनुभयो, अब युवालाई पालो दिनुपर्छ
चुनाव त जित्छु जित्छु, अबको प्रधानमन्त्री पनि मै हुँ : शशांक कोइराला (भिडियो अन्तर्वार्ता)

नवलपुर, १७ मंसिर–नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म निरपेक्षताको सवालमा जनमत संग्रह गरिनुपर्ने बताएका छन् । उनले ८० प्रतिशत हिन्दू रहेको मुलुकमा एक पटक जनमत संग्रह गरेर जनतालाई निर्णय गर्ने मौका दिनुपर्ने बताए ।

नवलपुर एकबाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा उत्रिएका कोइरालाले यसपालीको चुनावमा कांग्रेस ठूलो पार्टी बन्ने दाबी गरे ।  बाहिर हल्ला गरिएजस्तो आफूलाई बाम गठबन्धले बहुमत नल्याउँने उनको तर्क थियो । 

नवलपुरका जनताले पनि आफूलाई विजयी  गराउनेमा कोइरालाले विश्वास व्यक्त गरे । उनले नवलपुरका कांग्रेसहरुको बहुमत रहेकोले धेरै ठूलो प्रतिस्पर्धा नहुने समते बताए ।

विपक्षिले जित्छु भन्ने स्वभाविक नै भएपनि जनताले आफूलाई मत दिने उनले बताए । 

विभिन्न जिल्लामा कांग्रेसप्रति जनताको ओइरो लागेको दावी समेत उनले गरे । उनले एमाले र माओवादीका कार्यकर्ता पनि कांग्रेसमा आइरहेको बताए । कांग्रेसले राम्रो नतिजा ल्याउनेमा आफू ढुक्क रहेको समेत उनले बताए ।

उनले बाटोघाटो, विश्वविद्यालय, मेडिकल कलेज, बैंक तथा वित्तिय संस्थाहरु कांग्रेसले नै खोलेको दावी गरे । २५ वर्ष सरकारमा बस्दा आफूहरुले देशलाई यहाँसम्म ल्याएको बताए । तर २०५१ साल पछि माओवादी विद्रोहले गर्दा विकासका कामहरुले गति लिन नसकेको समेत उनले बताए ।

कोइरालाले कांग्रेसले देशभर चुनाव जित्दै गर्दा आफू संसदीय दलको नेताका लागि आकांक्षि भएको समेत बताए । उनले संसदीय दल र कांग्रेसकै नेतृत्वका लागि शेरबहादुर देउवाले अरुलाई पालो दिएमा त्यसको पहिलो दावेदार आफू हुने उनले बताए । 

भवेश्वर भन्छन्–शशांक बूढो हुनुभयो

वाम गठवन्धनका उम्मेदवार भवेश्वर पराजुलीले यसपटकको निर्वाचनमा आफूले नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाई हराउने दाबी गरेका छन् । उनले आफ्नो जीतलाई कोइरालाले रोक्न नसक्ने दाबी गरेका हुन् । 
कोइराला उमेरमा पनि बृद्ध भइसकेको र नवलपुरको विकासमा खासै योगदान नगरेको कारण जनताले आफूलाई रोज्ने वाम गठवन्धनका उम्मेदवार भवेश्वरको भनाइ छ । शशांक बूढो भएका कारण युवालार्इ मैदान छोडिदिनुपर्ने पराजुलीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्