
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला खेलाडीलाई बधाई दिएका छन् । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपाल पहिलोपटक छनोट भएको हो ।
सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलोपटक ‘ग्लोबल’ छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिएका हुन् ।
'नेपाली छोरीहरूलाई बधाई, महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि । २०२६ महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ । नेपालका लागि गर्वको क्षण हो । हार्दिक बधाई तथा शुभकामना,' प्रधानमन्त्री ओलीले लेखेका छन् ।
नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच विकेटले पराजित गरेको हो ।
